ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

असोज दोस्रो सातादेखि दोर्दीबाट बिजुली उत्पादन

२०७८ भदौ, २५  
गण्डकी प्रदेश
Chelsea International NA

लमजुङ । लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी असोज दोस्रो सातादेखि बिजुली उत्पादन थाल्ने भएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको हालसम्म ९९ प्रतिशत काम सकिएको छ ।

‘आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ, अब १ प्रतिशत मात्र इलेक्ट्रोमेकानिकलको काम बाँकी छ,’ आयोजनाका साइट इञ्चार्ज दीपक ज्ञवालीले भने, ‘असोज दोस्रो हप्तासम्ममा बिजुली उत्पादन परीक्षण गरिनेछ ।’ गत असारमै बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि असार १ गतेको बाढीले आयोजनाको विभिन्न ठाउँमा क्षति पुर्‍याएको थियो ।

ज्ञवालीका अनुसार आयोजनाको बाँधस्थल, विद्युत् गृह, सुरुङ मार्ग, ३ हजार २०० मिटर पाइपलाइन बिछ्याउने लगायतका सबै काम सम्पन्न भएको छ । आयोजनाले २०७२ फागुनदेखि निर्माण थालनी गरेर २०७५ भदौ १५ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । नाकाबन्दी, विद्युत गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पुर्‍याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माण कार्यमा ढिलाइ हुन पुगेको बताइएको छ । बेँसीशहर नगरपालिका–११ रामचोक बेँसीमा विद्युत्गृह रहेको छ । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्