ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

व्यावसायिक गोलभेँडा खेतीप्रति आकर्षण

२०७८ भदौ, २५  
प्रदेश ०५
Chelsea International NA

पाल्पा । बाँदरले अन्नबाली नोक्सानी गर्न थालेपछि पाल्पाका किसान गोलभेँडाखेतीमा आकर्षित भएका छन् । जिल्लाका रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी गाउँपालिकामा बाँदरले नोक्सान नगर्ने गोलभेँडा लगायत तरकारी तथा फलफूल खेती व्यावसायिक रूपमा गर्न थालिएको छ ।     

पछिल्लो समय सामुदायिक वन संरक्षणले वन्यजन्तुको संख्या बढेको छ । मानव बस्ती नजिकै लोपोन्मुख जनावर अहिले देखिन थालेको किसानको भनाइ छ । बाँदर, बँदेल, दुम्सीलगायत जनावरका कारण किसानले बाली उत्पादनमा नोक्सानी बेहोर्दै आएका छन् ।

बाँदरले खेतबारीमा मात्र होइन, घरमै पसेर नोक्सानी गर्न थालेपछि आफू गोलभेँडाखेतीमाप लागेको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङगका विनबहादुर दर्नालले बताए । पाँच÷सात रोपनीमा मकैखेती गर्ने उनले अहिले व्यावसायिक रूपमा गोलभेँडाखेती गर्न थालेका हुन् । यस क्षेत्रका १०० भन्दा बढी दलित तथा गैरदलित समुदायका मानिस अहिले मकैखेती छाडेर गोलभेँडाखेतीमा लागेका छन् ।

बाँदरले मकै, सिमी, गोभी, धानबालीमा क्षति गर्छ भने खुर्सानी, अदुवा, कागतीलगायतमा नोक्सानी गर्दैन । कोरोनाले अधिकांश युवा भारतमा रोजगारी गुमाएर घर फर्केका छन् । ती युवा पनि अहिले व्यावसायिक रूपमा गोलभँेडाखेतीमा लागेका छन् । स्थानीय सूर्यबहादुर दर्नालले भारतमा रोजागरी गुमाएर फर्केपछि आफूले गोलभेँडा र खुर्सानीखेती शुरू गरेको बताए । रैनादेवी छहरा गाउँपालिकाका प्रवक्ता विष्णु पोखरेलले बाँदरबाट प्रभावित किसानलाई नोक्सानी नहुने अन्नबाली तथा फलफूल खेतीमा प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्