ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रू रू जलविद्युत् परियोजनाको संयुक्त साधारण सभा असोज १६ गते

२०७८ भदौ, २५  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । रू रू जलविद्युत् परियोजनाले संयुक्त वार्षिक साधारण सभा असोज १६ गते बोलाएको छ ।

कम्पनीको भदौ ७ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, हात्तिसार, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । 

सभाले दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरुसँगै प्रस्तावित लाभांशसमेत पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष ०७६/७७ का लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष ०७७/७८ को लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट पारित गर्दैछ । 

सभाले सर्वसाधारण तर्फबाट एक जना र संस्थापक तर्फबाट पाँच जना सञ्चालकहरुको निर्वाचन समेत गर्ने कार्यक्रम रहेको छ । साथै एक जना स्वतन्त्र सञ्चालनकको नियुक्तिलाई समेत सभाले अनुमोदन गर्नेछ । 

त्यस्तै, कम्पनीले चुक्तापूँजी आवश्यत्ता अनुसार वृद्धि गरी कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज ६ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्