ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

विश्वकै लामो दाबी गरिएको झोलुंगे पुलको नामकरण

पर्यटकीय आकर्षणको केन्द्र बन्दै

२०७८ भदौ, २५  
गण्डकी प्रदेश
Chelsea International Image Not Found
author avatar अर्जुन कार्की

बागलुङ । सिंगल स्पान प्रविधिमा निर्मित विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जोड्ने झोलुंगे पुलको नामकरण गरिएको छ । ५६७ मिटर लामो पुलको संरक्षकको रूपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले मंगलवार ‘गण्डकी गोल्डेन ब्रिज’ नामकरण गरेको नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

६ महीनाअघि नगरपालिकाले पुलको उद्घाटन गरेर नामकरणका लागि आवेदन माग गरेको थियो । पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई रू. २५ हजार राशीको पुरस्कार समेत घोषणा गरेको बागलुङ नगरपालिकाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ (गण्डकी सुनौलो झुला) नामकरण गरेको नगरप्रमुख पौडेलले जानकारी दिए ।

पुलको नामकरणका लागि पेश भएका नामबाट उत्कृष्ट नाम छनोटका लागि नगरउपप्रमुख सुरेन्द्र खड्काको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । उक्त समितिले सूचनाका आधारमा प्राप्त भएका नाममध्येबाट कार्यपालिका बैठकमा उत्कृष्ट १० नाम सिफारिश गरेकोमा ‘गण्डकी गोल्डेन ब्रिज’ नाम स्वीकृृत भएको हो ।

उक्त पुलको नाम बानपा–५ मालिका निवासी निजामती सेवामा कार्यरत घनश्याम सापकोटाले पेश गरेका हुन् । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको ‘सिंगल स्पान’ प्रविधिमा ५६७ मिटर लामो बनेको संसारकै लामो पुलको भएको भन्दै ‘गिनिज बुक अफ द वर्ड’मा दर्ता गराउन निवेदन दिइएको छ ।

पुलमा बत्ती जडान गरिएकाले रातिको समयमा समेत पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पर्वतको पाङ र बागलुङ बजार ओहोरदोहोरमा सहजताका लागि बनाइएको पुल उद्घाटनपश्चात् आन्तरिक पर्यटकको रोजाइँमा पर्ने गरेको छ । यो पुलमा दैनिक हजारभन्दा बढी पर्यटक आउने गरेको नगरपालिकाले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्