ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

महुली लघुवित्तको संस्थापक शेयर विक्रीमा

२०७८ भदौ, २५  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर विक्रीमा आएको छ । 

कम्पनीका संस्थापक शेयरधनीहरु रमेश प्रसाद न्यौपानेको नाममा रहेको २ हजार कित्ता, हश्चिन्द्र सिन्हाको नाममा रहेको ५ हजार कित्ता र रामानन्द चौधरीको नाममा रहेको २ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीका लागि कम्पनीले शुक्रवार ३५ दिने सूचना जारी गरेको हो । 

उक्त शेयरको न्यूनतम प्रतिकित्ता मूल्य भने तोकिएको छैन । कम्पनीले केन्द्रिय कार्यालय, सप्तरीमा आफूले खरीद गर्ने शेयरको कित्ता खुलाई निवेदन दिन अनुरोध गरेको छ । 

३५ दिनको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरीदको लागि आवेदन नपरेमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिहरुमा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्