ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दक्षिण एसियामा निशान गाडीको ग्रीन मिसन सेसन

२०७८ भदौ, २५  
बजार
Chelsea International Image Not Found

काठमाडौं (अस) । निशान कम्पनीले विश्व विद्युतीय गाडी दिवस अवसरमा नेपाल, भुटान र श्रीलंकाको बजारमा विद्युतीय सवारीसाधन सहज उपलब्ध गराउन र भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्न भर्चुअल बैठक आयोजना गरेको छ ।

नेपाल र भुटानमा पर्याप्त जलविद्युत् उपलब्ध भएकाले वातावरणीय एवं आर्थिक पक्षमा यी क्षेत्र बलियो रहेको कम्पनीले बताएको छ ।

निशानले यस क्षेत्रका अधिकतम नागरिकका लागि सवारीसाधन, उपलब्ध गराउने, सामाजिक, आर्थिक लाभ दिलाउने र दिगोपनाका लागि प्रयास गर्नेछ ।

नेपालले कार्बन उत्सर्जन कम गर्ने र विद्युतीय सवारीसाधनलाई अधिकतम उपयोग गर्ने नीति लिएकाले कम्पनीले हालै शून्य प्रदूषणमा आधारित लिफ ईभी निशान कार प्रारम्भिक चरणमा विशेष छुट मूल्य अर्थात् ५९ लाख ९९ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

निशान लिफ ईभी विद्युतीय सवारीसाधन सन् २०१० मा उत्पादन भएको थियो । निशान लिफले समग्रमा २.५ विलियन किलोलिटरको यात्रा तय गरिसकेको र यसले १.२ मिलियन टन कार्बन घटाउन मद्दत पुर्‍याएको कम्पनीले बताएको छ ।

निशान इन्डिया अपरेसनका अध्यक्ष सिनान ओजकोकले कम्पनीको उद्देश्य कम मात्रामा वातावरणीय असर गर्ने सवारीसाधन उपलब्ध गराएर ग्राहकको जीवनस्तर उठाउने रहेको जानकारी दिए ।

निशानको साउथ एसिया बिजनेस युनिटका निर्यात प्रमुख रघुनाथ नायरले  समुदायमा गतिशीलता प्रदान गर्न निशान लिफ ईभीलाई दक्षिण एसियाको बजारमा प्रवद्र्धन गर्दै आएको जानकारी दिए ।

पायोनियर मोटोकर्प प्रालिका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदाले निशान लिफ ईभीबाट ग्राहक प्रतिक्रिया राम्रो आएकाले भदौ २८ गतेदेखि काठमाडौंस्थित सोरुममा साताव्यापी टेस्ट ड्राइभ व्यवस्था गरिन लागेको जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्