ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सानिमा माई हाइड्रोपावरले प्रस्ताव गर्‍यो १०.५३% लाभांश, साधारण सभा कात्तिक ११ गते

२०७८ भदौ, २५  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीले १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले आव २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरेर कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव पारितका लागि कम्पनीले कत्तिक ११ गते साधारण सभा आयोजना गरेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनीदर्ता पुस्तिका असोज १८ गते बन्द गर्ने भएको छ ।

यस आधारमा असोज १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्