ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

साताको अन्तिम कारोबार दिन सुनचाँदीको मूल्यमा झिनो वृद्धि

२०७८ भदौ, २५  
बजार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य सामान्य अंकले बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार रू. १०० ले घटेको सुनको मूल्य शुक्रवार सोही अंकले बढेकोे हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ६०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. १०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार २०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९० हजार १०० मा कारोबार भएको थियो । 

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीवार प्रतितोला रू. १ हजार २१० मा कारोबार भएको चाँदी शुक्रवार रू. ५ ले बढेर प्रतितोला रू. १ हजार २१५ मा किनबेच भइरहेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्