ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अरुण काबेलीसहित तीन ओटा कम्पनीको साधारण सभा शनिवार हुँदै

२०७८ भदौ, २५  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । तीन ओटा अलग अलग कम्पनीको साधारण सभा शनिवार हुने  भएको छ । 

अरुण काबेली पावर, राष्ट्रिय बीमा संस्थान र नेपाल फाइनान्सले साधारण सभा आयोजना गरेका हुन् ।  अरुण काबेली पावरको साधारण सभा बिहान ११ बजे कम्पनीको प्रधान कार्यालय ट्रेडटावर, थापाथलीमा हुनेछ ।

सभाले १७ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले १७ प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यसैगरी सभाले हाल कम्पनीको सञ्चालक समितिमा सात जना सञ्चालक रहेकोमा घटाएर पाँच जनामा सीमित गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्तापुस्तिका भदौ १५ गतेदेखि २५ गतेसम्म बन्द रहेको छ । यस आधारमा भदौ १४ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । 

त्यसैगरी राष्ट्रिय बीमा संस्थानले पनि शनिवार अपरान्ह दुई बजे संस्थानको प्रधान कार्यालय रामशाहपथमा साधारण सभा गर्न लागेको छ । सभाले तीन ओटा आव २०६६/ ६७ ,२०६७/ ६८ र २०६८/ ६९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७२/ ७३,२०७३/ ७४ र २०७४/ ७५ को लेखापरिक्षकको लागि नन्दकेशोर शर्मा र सीए केशब प्रसाद न्यौपानेको संयुक्त नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यस्तै नेपाल फाइनान्सले २८औं वार्षिक साधारण सभा पनि केन्द्रीय कार्यालय कमलादीमा बोलाएको छ । सभाले ललितपुर फाइनान्सलााई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले साविकको ललितपुर फाइनान्सको आव २०७४/ ७५ ,२०७५ / ७६ र २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्