ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

गोर्खाज फाइनान्सको स्थगित साधारण सभा असोज १८ गते हुने

२०७८ भदौ, २५  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले स्थगित २६औं वार्षिक सधारण सभा असोज १८ गते गर्ने भएको छ । 

कम्पनीले सभा बिहान भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट बिहान ११ बजे होटल क्राउन इम्पेरियल सोल्टीमोडमा हुने जानकारी दिएको छ ।  कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो । 

बिहीवार गर्ने भनिएको साधारण सभा विशेषकारण बस सभा स्थगित गरिएको कम्पनीले बताएको छ । सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै सभाले लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियामावलीमा हेरफेरको लागि नियामक निकायबाट कुनै निर्देशन आएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहका तीन जना गरी छ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज १० गतेदेखि १८ गतेसम्म बन्द रहने छ । यस आधारमा असोज ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्