ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आइतवार

२०७८ भदौ, २५  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपालका स्वामित्वमा रहेका तीन ओटा कम्पनीको लिलामी शेयर आवेदन गर्ने अन्तिम दिन आगामी आइतवारसम्म रहेको छ ।

कम्पनीले कामना सेवा विकास बैंकको २ लाख ५० हजार ४६६ कित्ता, सेञ्चुरी कमर्सियल बैंकको २ लाख ५ हजार ५१३ कित्ता र मञ्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता शेयर भदौ २० गतेदेखि लिलामीमा ल्याएको हो । 

आवेदकले सेञ्चुरी बैंकको प्रतिकित्ता रू. १५०, मञ्जुश्री फाइनान्सको रू. ३५० र कामना सेवा विकास बैंकको रू. २५० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । 

ती तीन ओटै कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

आगामी आइतवार बैंकिङ समयसम्म प्राप्त भएका बोलपत्र सोमवार दिनको ३ : ३० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्