ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

शेयर बजारका विषयमा गभर्नरसँग कुरा भएको छैन : अर्थमन्त्री शर्मा

२०७८ भदौ, २५  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारमा आएको उतारचढावको विषयमा आफूले गभर्नरसँग कुरा नगरेको दावी गरेका छन् ।


शुक्रवार प्रतिनिधि सभामा नेमकिपाका सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफ दिंदै अर्थमन्त्री शर्माले आफूले गभर्नरसँग उक्त विषयमा फोनमा कुरा नभएको बताए ।

‘मैले गभर्नरसमक्ष फोनमा कुरा गरेको समाचारमा कतै आएको होला तर त्यो सत्य होइन’, उनले भने । आन्तरिक घोटलाको विषयमा उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा समिति गठन गरिएको र हाल छानबिन चलिरहेको पनि उनले बताए

केही दिनअघि शेयर बजारमा आएको उतारचढावपछि अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी चासो व्यक्त गरेको समाचार प्रकाशित भएको थियो । त्यसपछि शेयर बजार मापन गर्ने नेप्से परिसूचक बढेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्