ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

धार्मिक तीर्थस्थल खुलेसँगै पर्यटकीय बससेवा शुरु

२०७८ भदौ, २६  
समाचार
Chelsea International Image Not Found

भदौ २६, काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेका धार्मिक तीर्थस्थल खुलेसँगै पर्यटकीय गतिविधिसमेत शुरु हुन थालेको छ । 

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि झण्डै पाँच महीनादेखि बन्द रहेका पर्यटकीय बससेवा धार्मिक तीर्थस्थल खुलेसँगै शुरु भएका हुन् ।

सरकारले दोस्रो चरणको कोरोनाले बन्द गरेको निषेधाज्ञालाई पूर्णरूपमा हटाएसँगै देश दर्शन बससेवा प्रालिले स्वास्थ्य मापदण्डलाई लागू गर्दै पर्यटकीय बससेवा शुरु गरेको हो । कोरोनाको पहिलो र दोस्रो लहरले थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्न देशदर्शन बससेवा प्रालिले दिवा तथा रात्रि पर्यटक बससेवा पुनः शुरु गरेको प्रालिका बजार व्यवस्थापक प्रह्लाद लोहनीले बताए ।

देशदर्शन बससेवा प्रालिले काठमाडौं–पोखरा दिवा तथा रात्रि, काठमाडौं–जनकपुर रात्रि, काठमाडौं–वीरगञ्ज रात्रि, काठमाडौं–लुम्बिनी दिवा तथा रात्रि, काठमाडौं–चितवन दिवा, चितवन–पोखरा दिवा सेवामार्फत पर्यटकलाई सेवा प्रदान गर्दै आएको छ । उक्त बस सेवा काठमाडौंको बौद्धबाट सोह्रखुट्टे हुँदै विभिन्न गन्तव्यका लागि छुट्नेछन् ।

गत वर्ष रू. १२ करोड लगानीमा १६ ओटा बस खरीद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित सेवा प्रदान गर्दै आएको उक्त प्रालिले कोरोनासँगै आन्तरिक तथा बाह्य पर्यटकलाई बस चढ्नु अगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र स्यानिटाइजर गर्ने लगायतका सम्पूर्ण व्यवस्था मिलाएको प्रालिका कार्यकारी निर्देशक श्रीकान्त आचार्यले जानकारी दिए ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो संक्रमणका कारण उक्त कार्यक्रम स्थगन गरिएको थियो । 

राजधानीको मुख्य पर्यटकीयस्थल ठमेललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले सेवा प्रदान गर्दै आए पनि कोरोनाका कारण उक्त बससेवा रोकिएका थिए । हाल काठमाडौंको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्