ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

उद्योगी रुक्म शम्शेर राणाको निधन 

२०७८ भदौ, २६  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २६, काठमाडौं। उद्योगी रुक्म शम्शेर राणाको शनिवार बिहान निधन भएको छ।

केहि वर्षदेखि मिर्गौला, सुगर र प्रेसर रोगबाट पीडित रहेका उनको काठमाडौं बत्तिसपुतलीस्थित निवासमा निधन भएको हो। उनको ८५ वर्षको उमेरमा निधन भएको हो । राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार हुन्।

बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल ल्याएका उनी उक्त कम्पनीको प्रबन्ध निर्देशकसमेत भएका थिए । डाबर नेपालमार्फत उनले आयुर्वेदिक क्षेत्रमा पनि योगदान दिएका थिए । भारतका लागि नेपाली राजदूतसमेत भएका उनले नेपालको खेलकुद क्षेत्रमा पनि योगदान दिएका थिए । 

सन् १९८९ मा नेपालमा स्थापना भएको उक्त कम्पनीले सन् १९९२ देखि व्यवसायिक उत्पादन शुरु  गरेको थियो। उनी नेपाल भारत चेम्बर अफ कमर्शका पूर्व अध्यक्षसमेत थिए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्