ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भारतमा कोरोना भाइरसबाट थप ३३ हजार संक्रमित      

२०७८ भदौ, २६  
अन्तरराष्ट्रिय
Chelsea International Image Not Found

 भदौ २६, नयाँदिल्ली । भारतमा कोरोना भाइरसका थप ३३ हजार ३७६ जना संक्रमित थपिएका छन् ।     
     
केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिवार दिएको जानकारीअनुसार नयाँ थपिएका संक्रमितमध्ये २५ हजार १० जना केरलाका राज्यमा मात्रै रहेका छन् ।     
     
पछिल्लो समय केरलामा दैनिक संक्रमितको संख्या अत्यधिक धेरै देखिएको छ । भारतका बाँकी भू–भागमा भन्दा केरलामा संक्रमितको संख्या धेरै देखिएको हो ।     
     
भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ३ करोड ३२ लाख ८ हजार ३३० पुगेको पनि मन्त्रालयले बताएको छ ।मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाको संख्या ३ लाख ९१ हजार ५१६ रहेको छ ।     
     
त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाको संख्या ४ लाख ४२ हजार ३१७ पुगेको छ । तीमध्ये ३०८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।     
     
सोही अवधिमा ३२ हजार १९८ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएकाको कुल संख्या भने ३ करोड २३ लाख ७४ हजार ४९७ रहेको छ । भारतमा केही हप्तादेखि दैनिक संक्रमितको संख्यामा वृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ । रासस/ एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्