ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ : उर्जा मन्त्री भुसाल      

२०७८ भदौ, २६  
समाचार
Chelsea International Image Not Found

भदौ २६, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने बताएकी छन् ।    
     
किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले शनिवार यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारले ल्याएको प्रतिस्थापन विधेयक जनताप्रति समर्पित रहेको बताइन् ।    
     
 ‘आन्दोलनमा त्याग गरेका व्यक्तिका परिवारलाई सम्मान र राहतको व्यवस्था गरिएको छ । कोरोनाबाट सङ्कटमा परेका नागरिकलाई राहत, बेरोजगारलाई रोजगार दिने योजना, आर्थिक तथा भौतिक विकासलाई जोड दिएर बजेट आएको छ’, उनले भनिन् ।

मन्त्री भुसालले आगामी आवको बजेट पनि राष्ट्रको हित र जनताको भावना सम्बोधन गर्ने गरी नै आउने विश्वास दिलाइन् । उनले गरिब, विपन्न जनतालाई राहत दिने उद्देश्यले आफूले मासिक २० युनिट बिजुली खपत गर्ने परिवारलाई निःशुल्क उज्यालो दिने निर्णय गरेको बताइन्।     
     
 मन्त्री भुसालले स्वदेशमै उत्पादन भएको विद्युत्को खपत बढाउन तथा खाना पकाउने एलपी ग्यासको आयातबाट हुने व्यपार घाटा न्यूनीकरण गर्न आफूले विद्युत् महसुल घटाएको बताइन् ।

‘अहिले जसले बढी बिजुली बाल्यो, उसले बढी महसुल तिर्नु परेको अवस्था छ, विद्युत् नियमन आयोगले निर्णय गरेपछि लागू हुन्छ’, उनले भनिन् ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्