ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अन्तत: भारतमा कार उत्पादन बन्द गर्ने निर्णयमा  फोर्ड 

२०७८ भदौ, २६  
अन्तरराष्ट्रिय
Chelsea International Image Not Found

भदौ २६, काठमाडौं । अमेरिकी कम्पनी फोर्ड मोटर्सले अन्ततः भारतमा कार उत्पादन बन्द गरेको छ ।

कम्पनीले हालैमात्र विज्ञप्ति जारी गर्दै भारतको दुई ओटा अलग - अलग स्थानमा रहेको दुई ओटै कार प्लान्ट बन्द गर्न लागेको जानकारी दिएको हो। कम्पनीको प्लान्टहरु तमिलनाडु र गुजरात राज्यमा रहेका छन् ।

 पछिल्लो दशकमा भारतमा सञ्चालन घाटा बढेर २ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको कारण कम्पनीले आफ्ना प्लान्टहरु बन्द गर्नुपरेको बताएको छ । साथै उसले भारतीय बजारमा पछिल्लो पटक नयाँ सवारीहरुको माग पनि घटेको बताएको छ।


सन् २०२२ को दोस्रो त्रैमासिकसम्म तमिलनाडु र गुजरात राज्यमा रहेका प्लान्टहरू बन्द गर्ने तर निर्यातका लागि कार इन्जिन उत्पादन भने कायमै राख्ने कम्पनीले बताएको छ। भारतमा पाँच ओटा मोडल उत्पादन गर्दै आएको उक्त कम्पनीले गाडीको मर्मत सेवा, पार्टपुर्जा र वारेन्टीसम्बन्धी सहायता भने जारी नै राख्ने उल्लेख गरेको छ।

विगत २५ वर्षदेखि भारतमा कार उत्पादन गर्दै आएको कम्पनीले बजार प्रतिस्पर्धाका लागि भने निक्कै संघर्ष गरेको थियो  । केही वर्षयता भारतबाट बाहिरिने ठूला कार उत्पादकमध्ये फोर्ड पनि हो।

सन् २०१७ मा जनरल मोटर्सले पनि भारतीय बजारमा कार उत्पादन बन्द गरेको थियो। विदेशी उत्पादकहरूलाई भारतीय बजारमा आकर्षित गर्ने वा कायमै राख्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासलाई फोर्डको यो निर्णयले धक्का दिएको विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । एजेन्सीहरु

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्