ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

२०७८ भदौ, २६  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २६, काठमाडौं । नेपालमा विगत २४ घण्टामा  थप ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार गत २४ घण्टामा ९ हजार ८४० जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण देखिएको हो । जसमध्ये ६ हजार १३७ जनाको पीसीआर र ३ हजार ७०३ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको हो ।

त्यस्तै सोही अवधिमा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शनिवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९३६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३५५ पुगेको छ । यसैगरी, शनिवार १ हजार ३६८ जना निको भएसँगै हालसम्म ७ लाख ३८ हजार ३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्