ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रतिस्थापन बजेट : सार्वजनिक संस्थानहरु पनि पूँजीबजारमा भित्रिने 

२०७८ भदौ, २६  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २६, काठमाडौं । पूँजीबजारमा अब सार्वजनिक संस्थानहरु पनि भित्रिने भएका छन् ।

शुक्रवार संसदमा प्रतिस्थापन बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले सार्वजनिक संस्थानहरुको पनि सर्वसाधारणमा शेयर जारी गर्ने बताएका हुन् । सार्वजनिक संस्थानहरुलाई पूँजीबजारमा भित्र्याउनका लागि सर्वसाधारणमा आईपीओ जारी गर्ने घोषणा अर्थमन्त्री शर्माले गरेका हुन् ।

सरकारको मातहतमा रहेका पूर्ण सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरुलाई आवश्यकता अनुसार कम्पनी मोडलमा रुपान्तरण गरी अर्थतन्त्रको ऐनाको रुपमा रहेको  पूँजीबजारमा भित्र्याउने व्यवस्था मिलाइने अर्थमन्त्री शर्माले बताएका हुन् । 

सार्वजनिक संस्थानहरुलाई पूँजीबजारमा सूचीकृत गर्दै आत्मनिर्भर र लगानीको थप स्रोत जुटाउन सक्षम बनाउने नीति सरकारले लिएको अर्थमन्त्री शर्माको भनाइ छ । यसका लागि निरन्तर घाटामा गएका सार्वजनिक संस्थानहरुलाई संरचनागत र व्यवस्थापकीय सुधार गरी संचालन गर्ने, खारेज गर्ने वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन गर्ने नीति सरकारले लिने अर्थमन्त्री शर्माले जानकारी दिए । 

पूँजीबजारमा वित्तीय सुशासन कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गरिने समेत अर्थमन्त्री शर्माले प्रस्तुत गरेको प्रतिस्थापन बजेटमा उल्लेख छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्