ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नगर प्रमुखले गरे सडक शिलान्यास 

२०७८ भदौ, २६  
प्रदेश ०२
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २६, वीरगञ्ज  । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले वडा नम्बर ११ मा निर्माण गर्न लागिएको सडक ढलान र नाला निर्माणको शिलान्यास गरेका छन् । 

नगरस्तरीय बजेटबाट निर्माण हुन लागेको ढलान सडक र नालाको सरावगीले शनिवार शिलान्यास गरेका हुन् । 

वर्षौदेखि जीर्ण अवस्थामा रहेको सडक र नाला निर्माणपछि त्यसक्षेत्रमा आवतजावतमा सहज हुने दाबी नगर प्रमुख सरावगीले गरे । सडक र नाला निर्माणपछि पानीको पनि उचित निकास हुने उनले बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्