ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मुलकोटमा सञ्चालनमा आयो विद्युतीय सवारी चार्ज गर्ने विद्युतीय स्टेसन

२०७८ भदौ, २६  
बजार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २६, काठमाडौं। दिगो ग्रुप अफ कम्पनीजले विद्युतीय सवारीको लागि विद्युत् चार्ज गर्न सिन्धुलीको मुलकोटमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।

चार्जिङ स्टेसन उद्घाटनका अवसरमा दिगो ग्रुप अन्तर्गतको एनईभी नेपालका प्रमुख कार्यकारी अधिकृत(सीईओ) दिपक थापा, सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने, नेपाल विद्युत् प्राधिकरण खुर्कोट शाखा प्रमुख संगीता थापा मगर, रोयल बिजया किल्ला समिति र कुशेश्वर यातायात समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कम्पनीले बिपी राजमार्गमा चल्ने विद्युतीय सवारी चार्ज गर्ने उदेश्यले ३० किलोवाट क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो। विद्युतीय सवारीको चाप थपिएपछि स्टेसनको क्षमता पनि बढाउन सकिने कम्पनीले बताएको छ ।

कम्पनीले सञ्चालनमा ल्याएको ‘दिगो चार्ज प्वाइन्ट’ मा ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरिएको छ। उक्त राजमार्गमा विद्युतीय सवारी साधनको चाप बढेपछि चार्जरको क्षमता बढाउन सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त राजमार्गमा कम्पनीले विक्री गरेका विद्युतीय माइक्रोबसहरु सञ्चालनमा छन् । उक्त विद्युतीय गाडी २५० किलोमिटर रेन्ज भएको ११ सिटको माइक्रो बस हो।मुलकोटस्थित एउटा होटल परिसरमा फास्ट चार्जर जडान गरिएको छ।

यात्रुहरुले होटलमा खाना र खाजा खाँदै गर्दा सवारी साधन चार्ज गर्न सकिने कम्पनीले बताएको छ । कम्पनीले निकट भविष्यमै पृथ्वीराजमार्गको कुरिनटारमा चार्जिङ स्टेसन जडान गर्ने पनि बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्