ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले दिए राजीनामा

२०७८ भदौ, २६  
अन्तरराष्ट्रिय
Chelsea International Image Not Found

भदौ २६, कोलम्बो (श्रीलंका) । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन् । 

सेप्टेम्बर १४ देखि लागू हुने गरी गभर्नर प्राध्यापक डब्ल्यू डी लक्ष्मणले राजीनामाको घोषणा गरेका हुन् । सो पदमा उनलाई सन् २०१९ को डिसेम्बरमा नियुक्त गरिएको थियो । 

आफ्नो ८० औं जन्म दिनमा राजीनामा दिने आफ्नो आशय भएको उनले बताएका थिए । तर सेप्टेम्बर १४ उनको जन्म दिनभन्दा ६ हप्ता अगाडि हो । आफ्नो विवेक विरुद्ध आफूले कुनै निर्णय नगरेको उनले बताएका छन् ।

केन्द्रीय बैंकका पूर्वगभर्नर तथा विद्यमान कनिष्ठ अर्थमन्त्री अजिथ निभार्डले लक्ष्मणलाई विस्थापित गर्ने अनुमान गरिएको छ । लक्ष्मणले कोलम्बो विश्वविद्यालयमा प्राध्यापकका रुपमा काम गरेका थिए । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्