ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भोजपुरमा सतुवाको व्यावसायिक खेती शुरु

२०७८ भदौ, २६  
प्रदेश ०१
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २६, भोजपुर । भोजपुरमा बहुमूल्य जडीबुटीको रुपमा चिनिने सतुवाको व्यावसायिक खेती शुरु गरिएको छ । 

जिल्लाको टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाको माथिल्लो क्षेत्रमा यसको व्यावसायिक खेती शुरु गरिएको हो । उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग गरिँदै आएको छ । 

विशेषगरी पेट दुख्ने, पाकेको घाउ, बान्ता वा पखाला लागेका बिरामीलाई सतुवा खुवाईने जानकारहरु बताउँछन् । एक हजार ८०० देखि तीन हजार मिटरसम्म उचाइमा हुने सतुवा भारत र चीन निकासी हुँदै आएको  टेम्केमैयुङ गाउँपालिका १ तिम्माका कृषक तथा व्यवसायी संगम राईले बताए । 

यसको मूल्य प्रतिकेजी रू. १२ हजारसम्म विक्री हुने गरेको कृषकहरुको भनाइ छ । महत्वपूर्ण जडीबुटीको रुपमा चिनिने सतुवाबाट प्रशस्त आम्दानी गर्ने उद्देश्यले जिल्लाको तिम्मा, खम्वुखा, मझौले, तीनतले, किमालुङ सुन्तलेका करीब ३० भन्दा बढी कृषकले यसको व्यावसायिक खेती शुरु गरेको डिभिजन वन कार्यालय भोजपुरले जानकारी दिएको छ ।

सतुवाको एक विरुवाको मूल्य २० देखि १५० रुपैयाँसम्म पर्ने कृषकहरुको भनाइ छ । अहिले अधिकांश कृषकले विरुवा तयार गरेको बताएका छन् । विक्रीको समस्या नहुने र पर्याप्त मूल्य समेत पाइने भएपछि कृषकहरु यस खेतीतर्फ आकर्षित बनेका छन् ।  

सतुवाका कृषक मान बहादुर राईका अनुसार तीन वर्षपछि मात्र यसबाट उत्पादन लिन सकिन्छ । राईले भने ‘मेरो नर्षरीमा अहिले ७ हजाभन्दा बढी विरुवा छन् यस वर्ष एक केजी जती बीउ उत्पादन हुन्छ यसको नर्षरी गर्दा दुई हजार बडी उत्पदान हुन्छ यसबाट एक वर्षमा १६/१७ लाख आम्दानी हुन्छ ।’ 

डिभिजन वन कार्यालयले सतुवा खेतीमा यस वर्ष अनुदान समेत दिएको छ । कृषकहरुले गरेको सतुवा खेतीको क्षेत्रफल र उत्पादनको आधारमा अनुदान वितरण गरिएको वन अधिकृत विष्णुलाल घिमिरेले जानकारी दिए  । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्