ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पूर्वतयारी नभएका १ हजार ४ सय सडक योजना स्थगित

२०७८ भदौ, २७  
समाचार
Chelsea International NA

काठमाडौं (अस) । सरकारले पूर्वतयारी नभएका र प्रदेश स्तरमा हस्तान्तरण हुन सक्ने १ हजार ४ सय सडक योजना स्थगित गरेको छ । निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक वर्ष (आव) २०७८/७९ को बजेटलाई संशोधन गर्दै शुक्रवार जारी गरिएको प्रतिस्थापन विधेयकले यी सडक स्थगित गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्वतयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका यस्ता सडक आयोजना आवश्यकता र औचित्यका आधारमा खारेजी गरिने उल्लेख गरे । प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्नेगरी यी सडक आयोजनाको कार्यान्वयन स्थगित गरिएको अर्थमन्त्री शर्माले बताए ।

प्रतिस्थापन विधेयकमा बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड २०७७ भित्र नपर्ने आयोजनाहरूका लागि प्रदान गरिएको स्रोत सुनिश्चितता रद्द गरिएको उल्लेख छ । मापदण्डभित्र पर्ने र कोभिड–१९ को खोप र स्वास्थ्य सामग्री खरीद गर्न भने स्रोतको कमी नहुने उल्लेख गरिएको छ । यस्तै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन सम्भव भएसम्म सरकारी इन्जिनीयरिङ कम्पनीलगायत सार्वजनिक संस्थामार्पmत तयारी गर्ने नीति लिइने प्रतिस्थापन विधेयकमा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्