ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एमसीसी शीघ्र अनुमोदन गर्न अर्थमन्त्रीलाई आग्रह

२०७८ भदौ, २७  
समाचार
Chelsea International Image Not Found

काठमाडौं (अस) । अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले भेटवार्ता गरी यसलाई शीघ्र अनुमोदन गर्न आग्रह गरेकी छन् ।  

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शनिवार भएको भेटमा उनीहरूबीच आयोजनाको समग्र पक्षबारे छलफल हुँदा उक्त आग्रह गरेकी हुन् । भेटमा अर्थमन्त्रीले एमसीसीका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको बताएका थिए ।

‘नेपाल र मिलेनियम च्यालेन्ज कर्पाेरेशनबीच सन २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको छ,’ भेटमा मन्त्री शर्माको भनाइ उद्धृत गर्दै अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उपाध्यक्ष फतिमाको टोलीले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको थियो । छलफलका क्रममा अधिकांश नेताले एमसीसीबारे देखिएका विवाद सम्बोधन गर्न र केही बुँदा संशोधन गर्न आग्रह गरेका छन् ।

एमसीसी सहयोगबाट ३१२ किलोमीटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र दाङको भालुवाङदेखि शिवखोलासम्मको ७७ किलोमीटर सडक पूर्वाधार निर्माण हुनेछ ।  ती परियोजनाका लागि ५० अर्ब बराबर लगानी हुनेछ । नेपाल सरकारका तर्फबाट १३ अर्ब लगानी गर्ने तयारीअनुसार सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर भएको थियो । तर, यो संसद्बाट अनुमोदन हुन नसक्दा कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया [1]
User Image

कैलाश प्रधान

[Sep 12, 2021 03:58am]

50 अर्वमा13अर्व नेपालले लगानी गरेपछि बाँकी 37अर्व MCCले 5बर्षमा बार्षिक 7.40अर्वको दरले लगानीगर्ने सानो लगानीमा पनि यी नेताहरु माथापच्छी गरेर जनमतको हेलाँ गरेका छन। सो परियोजनाका लगि सम्पूर्ण लगानी हामी जनताले गर्ने ग्यारेन्टी दिन्छौं ।


प्रतिक्रिया दिनुहोस्