ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाल ल्यूव आयलको साधारण सभा असोज १८ गते, २५% लाभांश प्रस्ताव 

२०७८ भदौ, २७  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । नेपाल ल्यूव आयल लिमिटेडले असोज १८ गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीको कार्यालय झम्सिखेल, ललितपुरमा विहान ११:३० बजे भर्चुअल माध्यमबाट सभा गर्ने  तयारी कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई अन्तिम रुप दिनेछ । 

यस वर्ष कम्पनीले ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पनि सभाबाट स्वीकृत गराउने कार्यक्रम रहेको छ । साथै सर्वसाधारण तर्फबाट सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ५ गतेदेखि बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा असोज ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्