ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तीन ओटा कम्पनीको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

२०७८ भदौ, २७  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । भदौ २० गतेदेखि लिलामीमा आएको हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । 

हाथवे इन्भेष्टमेण्टले आफ्नो स्वामित्वको सेञ्चुरी कमर्सियल बैंकको २ लाख ५ हजार ५१३ कित्ता, मञ्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता र कामना सेवा विकास बैंकको २ लाख ५० हजार ४६६ कित्ता शेयर आज (आइतवार) सम्मका लागि लिलामीमा विक्री गर्न लागेकोे हो । 

सेञ्चुरी कमर्सियल बैंकको शेयरमूल्य प्रतिकित्ता रू. १५०, मञ्जुश्री फाइनान्सको प्रतिकित्ता रू. ३५० र कामना सेवा विकास बैंकको प्रतिकित्ता रू. २५० तोकिएको छ । 

यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा जो कोहि व्यक्ति तथा संस्थाहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । 

बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो लिलामी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीहरुद्वारा भदौ २० गतेपछि घोषणा हुने लाभांश तथा बोनस शेयर समेत प्राप्त गर्न सक्नेछन् । 

शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्