ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेप्सेले गर्‍यो एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्सड् फण्डको इकाईमूल्य समायोजन

२०७८ भदौ, २७  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतवार एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको इकाई मूल्य समायोजन गरेको छ । 

दुवै योजनाले प्रस्ताव गरेको प्रतिफल प्रयोजनका लागि नेप्सेले इकाईमूल्य समायोजन गरेको हो । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित यी योजनाहरुले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट एउटै अनुपातमा कर सहित ३० प्रतिशत लाभांश वितरण गर्न लागेका हुन् । 

लाभांश प्रयोजनका लागि आइतवार बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोज पछिको मूल्य तोकेको हो । नेप्सेले एनआईसी एशिया ब्यालेन्सड् फण्डको बिहीवार कायम अन्तिम इकाईमूल्य रू. १४ दशमलव २७ को आधारमा ३० प्रतिशत नगद लाभांश पछिको मूल्य रू. ११ दशमलव २७ तोकेको हो । 

त्यस्तै, एनआईसी एशिया ग्रोथ फण्डको बिहीवार कायम अन्तिम इकाईमूल्य रू. १५ दशमलव २२ को आधारमा ३० प्रतिशत नगद लाभांश पछिको मूल्य नेप्सेले रू. १२ दशमलव २२ तोकेको छ । 

आइतवार समायोजन मूल्यको आधारमा यी दुवै योजनाको कारोबार खुला हुनेछ । बुक क्लोजको आधारमा भदौ २४ गतेसम्म कायम इकाईधनीहरु मात्र प्रतिफल प्राप्त गर्न योग्य भएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्