ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

काठमाडौंको ग्यासमा लगानीकर्ताले चासो दिएनन्

२०७८ भदौ, २७  
१० वर्ष अघि
Chelsea International NA

काठमाडौंको प्राकृतिक ग्यास भण्डारको उपयोग प्रस्ताव बुझाएका निजी लगानीकर्ता उत्खननका लागि अनिच्छुक देखिएका छन् । खानी तथा भूगर्भ विभागका अनुसार प्रस्ताव बुझाउने दुई कम्पनीले ग्यास भण्डार उत्खननका लागि इच्छा देखाएका छैनन् । ग्यासको उत्खनन कार्यमा ठूलो लगानी लाग्ने भएकाले कम्पनीहरू अनिच्छुक भएको बताइन्छ । प्राकृतिक ग्यास उत्खननका निम्ति कन्टेक स्टारलाइन प्रालि र राजवद्र्धन कन्स्ट्रक्सन मेटियर प्रालिले विभागमा गत वर्ष प्रस्ताव पेश गरेका थिए । राजवद्र्धन दुगड समूहअन्तर्गत कम्पनी भएको विभागले बताएको छ ।

पेश भएका प्रस्ताव उपर छलफलका निमित्त विभागले पटकपटक दुवै कम्पनीलाई बोलाएको थियो । दुवै कम्पनीहरू छलफलका लागि अहिलेसम्म विभाग गएका छैनन् । विभागले प्राकृतिक ग्यासको उपयोग गर्न निजी कम्पनीलाई प्रस्ताव आह्वान गरेको सातौं पटकमा यी दुई कम्पनीले आफ्नो प्रस्ताव पेश गरेका हुन् । प्रस्ताव आह्वान गरेको छैटौं पटकसम्म कुनै पनि कम्पनीले विभागमा प्रस्ताव पेश गरेका थिएनन् ।

ग्यास भण्डारको उत्खनन र वितरण गर्न जटिल समस्या र प्रशस्त लगानी आवश्यक भएकाले प्रस्तावकर्ताहरूले चासो नदेखाएको विभागको योजना, मूल्यांकन र सूचना शाखाका इन्जिनियर कृष्णदेव झाले बताए । काठमाडौं उपत्यकाको टेकुदेखि कोटेश्वर जडिबुटीसम्मको २६ वर्गकिलोमिटर वर्गको जमिनमुनि प्राकृतिक ग्यास भएको विभागको अध्ययनले देखाएको छ । २०३६ सालदेखि ५३ सालसम्म १७ वर्षको अवधिमा विभागले गरेको अध्ययनबाट यो भूभागमा ३१ करोड घनमिटर प्राकृतिक ग्यास हुनसक्ने अनुमान गरेको छ ।

वर्ष ५, अंक ४६, २०६७, साउन ३–९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्