ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दुई संस्थासँग नबिल बैंकको समझदारी

२०७८ भदौ, २७  
शेयर / बैङ्किङ गतिविधि
Chelsea International NA

काठमाडौं (अस) । नबिल बैंकले युवा उद्यमशीलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित राष्ट्रिय युवा परिषद् र सुदूरपश्चिम प्रदेशको बैतडीस्थित  पञ्चेश्वर गाउँपालिकासँग त्रिपक्षीय समझदारी गरेको छ ।

पञ्चेश्वर पालिकाका स्थानीय युवालाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउनु समझदारीको लक्ष्य रहेको बैंकले बताएको छ । यसबाहेक उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पु¥याई देशभित्रै युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सिर्जना द्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य राखिएको छ ।

नबिल दिगो बैंकिङका प्रबन्धक लीलाप्रसाद ओझा, युवा परिषद्बाट प्रशासकीय प्रमुख डा. बाबुराम ढुंगाना र पञ्चेश्वर पालिका अध्यक्ष गोरखबहादुर चन्दले समझदारीपत्रमा हस्ताक्षर गरे ।

सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो ।

बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यावसायिकीकरण र उद्यमशीलता विकासका लागि ल्याइएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाबाट सञ्चालन गरी नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्