ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिटिजन्स बैंकका ग्राहकलाई ग्रोडेलीमा विशेष छुट

२०७८ भदौ, २७  
शेयर / बैङ्किङ गतिविधि
Chelsea International Image Not Found

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनल र ग्रोडेलीबीच बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई विशेष छुट दिने सम्झौता भएको छ । सहकार्यपछि बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले ग्रोडेलीमार्फत अनलाइन अर्डर गरी क्यूआरबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्नेछन् ।

बैंकले हालसम्म आफ्नो मोबाइल बैंकिङमा दर्ता नभएका ग्राहकका लागि घरमै बसी निः शुल्क मोबाइल बैंकिङमा दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । बैंकले मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, डेबिट कार्डका लागि आवेदन र मुद्दती खाताको आवेदन दिन सक्नेलगायत सुविधा उपलब्ध गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्