ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

वार्षिक १ हजार मेटन गहुँको बीउ उत्पादन गर्दै

२०७८ भदौ, २७  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Chelsea International Image Not Found

काठमाडौं (अस) । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक १ हजार मेट्रिकटन गहँुको बीउ उत्पादन गर्दै आएको छ । उन्नत जातको बीउको अभावमा किसानले राम्रो उत्पादन लिन नसकेको भन्दै संस्थाले २०६० सालदेखि नै विभिन्न जिल्लाका किसानसँग सहकार्य गरी कन्ट्र्याक्ट फार्मिङ मार्फत गहुँको उन्नत जातको बीउ उत्पादन गर्दै आएको हो ।

शुरुआती दिनमा वार्षिक २०० मेट्रिकटन बीउ उत्पादन गर्दै आएको कम्पनीले पछिल्ला दिनमा यसको मात्रा बढाएर १ हजार मेट्रिकटन पुर्‍याएको हो । संस्थाले बारा, पर्सा र चितवन गरी तीन जिल्लाका करीब ५० जना भन्दा धेरै किसानसँगको सहकार्यमा गहुँको उन्नत जातको बीउ उत्पादन गर्दै आएको छ । तीन जिल्लाका करीब ५०० बिगाहा क्षेत्रफलमा १५ हजार बिगाहा जमीनलाई पुग्नेगरी बीउ उत्पादन भइरहेको छ ।

संस्थाले किसानलाई वार्षिक ५ करोड रुपैयाँभन्दा बढी मूल्यको उन्नत जातको बीउ विक्री गर्दछ । किसानसँग बीउ खरीद गरी हटौंडामा रहेकोे प्रशोधन प्लान्टमार्फत प्रशोधन गरिसकेपछि किसानलाई नै विक्री गरिन्छ । संस्थाले २०६० सालमै भारतको हरियाणास्थित एग्रोसा इन्डस्ट्रिज कम्पनीबाट प्रशोधन मेशिन ल्याएर गहुँको बीउको प्रशोधन थालेको थियो ।

देशभित्रै उत्पादन भएको उन्नत जातको बीउबाट वार्षिक ३० हजार मेट्रिकटन खानयोग्य गहुँ उत्पादन हुने गरेको संस्थाको तथ्यांक छ । साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय प्रबन्धक कृष्णकुमार खड्काका अनुसार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले उपलब्ध गराएको मूल बीउबाट उन्नत जातको बीउ उत्पादन गरिँदै आएको छ ।

किसानले उत्पादन गरेको उन्नत जातको बीउ खरीद गरी प्याकेजिङ गरेपछि संस्थाले बजारमा पठाउँछ । उक्त बीउ किसानले विभिन्न एग्रोभेट र सहकारी कम्पनीमार्फत किन्न पाउँछन् ।

संस्थाले किसानसँगको सहकार्यमा गरिरहेको बीउ उत्पादन कार्यमा किसान, दैनिक ज्यालादारी कामदार र कर्मचारी सहित करीब २०० जनाले रोजगारीको अवसर पाएका छन् । यसरी उत्पादित उन्नत जातको बीउबाट गहुँ उत्पादक किसानले राम्रो उत्पादन लिन सकेको संस्थाले बताएको छ । संस्थासँगको सहकार्यमा बीउ उत्पादन गर्ने किसानलाई हरेक वर्ष प्रोत्साहन स्वरूप १५ प्रतिशतसम्म प्रिमियम उपलब्ध गराउने गरिएको छ । स्वदेशमै गुणस्तरीय बीउ उत्पादनले बीउका लागि बाहिरिने करोडौं रकम रोक्ने र यसले समग्र अर्थतन्त्रमा टेवा पुग्ने विभागीय प्रबन्धक खड्काले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्