ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सरकारले आन्तरिक कच्चापदार्थमा भइरहेको करको विकृति सुधार गर्नुपर्छ

२०७८ भदौ, २७  
अन्तरवार्ता अभियान परिशिष्ट (सप्लिमेन्ट)
Chelsea International Image Not Found

साल्ट ट्रेडिङको शुरुआत र संस्थानमा तपाईंको प्रवेश कसरी भयो ?
सरकारले नुनको अव्यवस्थित वितरण नहोस् भनेर गुणस्तर कायम गर्न २०२० सालमा निजीक्षेत्र र सरकारको समेत गरी सातजनाको सञ्चालक समिति बनाएर साल्ट ट्रेडिङको स्थापना गरेको हो । अध्यक्ष वाणिज्य विभागका निर्देशक गेहेन्द्रदेव पाठक रहने प्रस्ताव भयो । नुनमा निजीकरण गर्न नपाउने र यही संस्थाले कारोबार गर्नुपर्छ भन्ने प्रस्ताव आएपछि हामीले स्वीकार गर्‍यौंं । सरकारबाट हामी व्यवसायीलाई २५/२५ हजार रुपैयाँ लगानी गर्न लगाइयो । कम्पनी स्थापना भए पनि हामीले शुरूमा जम्मा गरेको पैसाले खासै केही काम गर्न सकिएन । त्यसपछि कम्पनी बन्द गर्ने कि भन्ने कुरा पनि आयो । तर, हामीले फेरि २५/२५ हजार रुपैयाँ शेयर लगानी थप्ने आँट गर्‍यौं । पछि तत्कालीन सरकार र नेशनल ट्रेडिङ लिमिटेड समेत गरी २१ प्रतिशत र हामी व्यवसायीको ७८ प्रतिशत रहनेगरी शेयर संरचना बनाएर काम अघि बढायौं । त्यसरी काम गर्दा पनि पूँजीले पुगेन । फेरि मागअनुसार नुन आयात गर्न रकम अपुग भयो । त्यहीबेला भारत सरकारसँग नेपाल सरकारले छलफल गर्‍यो ।

भारत सरकारले समस्या बुझेपछि त्यहाँका नुन व्यापारीलाई तीन महिनाका लागि हामीलाई ‘उधारोमा नुन दिनू’ भन्ने निर्देशन भयो । भारतीय व्यापारीले तत्कालीन अवस्थामा हामीलाई उधारोमा नुन दिएका थिए । एकपटक उधारोमा सामान ल्याउन पाएपछि नियमित रूपमा नुनको आपूर्ति र कारोबार सबल बन्दै गएको हो । देशैभर नुन विक्री गर्नुपर्ने भएपछि कर्पाेरेसनको जग्गामा सरकारले एक/दुई ठाउँमा गोदाम बनाउन सहयोग ग¥यो । ६ महिनाको भण्डारण क्षमता राख्नुपर्ने चुनौती पनि थियो । जापान सरकारको सहयोगमा भण्डारण गृह निर्माण भएपछि हामीलाई स्टक पु¥याउन सजिलो भएको थियो । अझै पनि हामीलाई पुग्दो गोदाम छैन, यसको व्यवस्थापन गर्न जरुरी छ ।

साल्ट ट्रेडिङले व्यापारलाई कसरी विविधीकरण गर्दै लगेको छ ?
नुनको कारोबारमा सफल भएपछि देशमा अरू के के कारोबार सञ्चालन गर्न सकिन्छ भनेर हामी शेयरधनीबीच छलफल भयो । कर्पाेरेसनले वाणिज्य विभागमा कार्यरत हेमबहादुर मल्ल कर्मचारी पायो । उनको सोच अनुसार कम्पनी अघि बढ्दै गयो । उनकै अग्रसरतामा साल्ट ट्रेडिङको कारोबार विविधीकरण शुरू भएको हो । त्यतिबेला देशमा मैदा उद्योग नै थिएन । मल्लकै सोचमा पाउरोटी उद्योगका लागि हेटौंडामा मैदा उत्पादन गर्ने खाद्य उद्योग लिमिटेड प्रालि थियो । २०२९ सालमा एउटा मैदा मिल खोल्यौं । त्यो समयमा मैदा मिल नहुँदा भारतको कलकत्ताबाट मगाइन्थ्यो । स्वदेशमै मैदाको आवश्यकता देखेर यसको मिल सञ्चालनमा ल्यायौं । मैदा मिलले शुरुआती दिनमा सफल कारोबार गरिरहेका बेला सरकारले अचानक कर असुली गर्न थाल्यो । त्यसले हाम्रो प्रतिस्पर्धी क्षमता कमजोर भयो । केही समय हामीले मिलै बन्द गर्नुपर्ने अवस्था आयो ।

त्यसपछि मुलुकमा घ्यू कारखानाको आवश्यकता देखेर त्यसको उद्योग खोल्यौं । तर यो कारखाना पनि बन्द छ । राज्यको कर नीतिका कारण यो नीति बन्द भएको हो । यसले स्वदेशमा उद्योगबाट विभिन्न वस्तुमा आत्मनिर्भर बन्ने र मुलुकमा उद्योग धन्दा फस्टाउने वातावरण पनि बन्दै गयो । व्यक्तिले पैसा आ–आफ्नो घरमा राख्ने चलन थियो । हामीले त्यस्तो रकम लगानीको रूपमा सदुपयोग गर्ने नीति ल्यायौं । त्यस्तै, विभिन्न वित्तीय संस्थाको प्रवद्र्धकको रूपमा लगानी गर्न शुरू ग¥यौं । नेशनल फाइनान्सको प्रवद्र्धकका रूपमा लगानी ग¥यौं । त्यस्तै, सगरमाथा इन्स्योरेन्स नाममा बीमा संस्था खोल्यौं । हामीले ग्यासको कारोबार पनि थाल्यौं । यसको विक्री वितरण अत्यन्त पारदर्शी बन्दै गएको छ । यसमा समेत कर्पोरेशनले सफलता पाउँदै गएको छ । तीन वर्षअघि नाकाबन्दी हुँदा ग्यास विक्री गर्ने अरू उद्योगले गलत मनसायबाट अनधिकृत रूपमा नाफा आर्जन गरेको भन्ने पनि सुनियो । तर हामी पारदर्शी रूपमा कारोबार गर्दै आम उपभोक्ताको समस्या समाधान गर्नेतर्फ तल्लीन रह्यौं । यसले जनमानसमा ‘एसटीसी ग्यास राम्रो छ’ भन्ने सन्देश गएको छ । चिनी आयात गर्न पनि सरकारकै स्वीकृतिमा शुरू भएको हो । हामीले चिनी समेत सहुलियत मूल्यमा बेचिरहेका छौं ।

साल्ट ट्रेडिङले चाडपर्वका बेलामा मात्रै सहुलियतमा विक्री वितरण गर्ने गरेको देखिन्छ । वर्षभर नै गरे महँगी नियन्त्रणमा सघाउ पुग्थ्यो कि ?
चाडपर्वका अवसरमा साल्ट ट्रेडिङले सहुलियतमा विक्री वितरण गर्दै आएको छ । वर्षभर सहुलियतमा विक्री गर्न हाम्रो एकल निर्णयले सम्भव हुँदैन । त्यो निर्णय गर्ने निकाय हामी नभएर सरकार हो । अहिलेसम्म सरकारले हामीलाई जुन–जुन समयमा वितरण गर्न भनेको छ, हामीले त्यसै कार्यादेशलाई लागू गरेका छौं । साल्ट ट्रेडिङलाई जसरी काम गर भनेर सरकारले आदेश दिन्छ, हामी सोही अनुरूप गर्दै छौं । त्यसमा उपभोक्ताको अधिकतम हितलाई केन्द्रमा राखेका छौं । हाम्रो कामबाट उपभोक्ता पनि लाभान्वित भएका छन् । सरकारले महँगी नियन्त्रणमा कर्पोरशनलाई हस्तक्षेपकारी निकायको रूपमा दरिलो तवरले उभ्याउँछ भने हामी काम गर्न तयार छौं ।

विपद्मा नुनको व्यवस्थापन कसरी गर्दै आउनु भएको छ ?
भारतले २०४६ सालमा नाकाबन्दी गर्दा पनि हामीले ६ महिनाको स्टक राखेकाले नुनको मूल्य नबढाई आपूर्ति चुस्त बनाएका थियौं । नुनको पर्याप्त भण्डारणले २०७२ सालको नाकाबन्दीमा पनि कुनै समस्या आएन । हामी थोरैमात्र नाफा राखेर दक्षिण एशियामै सस्तो मूल्यमा नुन विक्री गर्न सफल भएका छौं । कोरोना महामारीको बेलामा पनि हामीले विक्री वितरण गर्ने कुनै पनि सामग्रीको अभाव हुन दिएनौं । हामी नाफामुखी नभएर उपभोक्तामुखीका रूपमा बजारमा प्रस्तुत भएका छौं । सरकारले दुर्गम क्षेत्रका २२ जिल्लामा नुन ढुवानी गर्न मात्रै अनुदान दिएको छ । सरकारले दिएको अनुदान हामीले नभई, जनताले पाइरहेका छन् भनेर बुझ्नुपर्छ । नेपालमा कुष्ठरोग निवारणको काम आयो । देशभर सस्तो मूल्यमा सुलभ रूपले आयोडिनयुक्त नुनको पहुँच पुगेपछि मात्रै सो रोग नियन्त्रणमा आएको हो । हाम्रो यहीँ कामको प्रशंसा गर्दै संयुक्त राष्ट्र संघले पुरस्कार पनि दिएको छ ।

दुर्गम क्षेत्रमा नुन ढुवानीका लागि सरकारले दिएको अनुदान रकम कुन शर्तमा पाइरहनु भएको छ ?
दुर्गम क्षेत्रमा कुष्ठरोग निवारणकै लागि नुन ढुवानीमा अनुदान दिइएको हो । सरकारले जति रकम अनुदान दिन्छ, सोही अनुपातमा मूल्य कम गरेर हामीले नुन उपलब्ध गराइरहेका छौं । ढुवानीमा अनुदान पाएकै कारण दुर्गम क्षेत्रमा पनि नुनको मूल्य सस्तो छ र सुलभ रूपमा जनताले पाउन सकेका छन् । दुर्गम क्षेत्रमा प्रतिकिलो ९ रुपैयाँमा विक्री हुने नुन नेपाल सरकारले ढुवानी अनुदान नदिए हुम्लामा प्रतिकिलो १३०, गोरखाको उत्तरी सिमानामा ५० देखि ६० रुपैयाँमा विक्री हुन्छ ।

व्यापारलाई व्यवस्थित गर्न अब के गर्नुपर्छ ? संस्थानहरू अब कसरी नाफामुखी बनाउन सकिएला ?
आन्तरिक कच्चा पदार्थमा करको विकृति जसरी भइरहेको छ, यसलाई राज्यले सुधार गर्नुपर्छ । अर्को कुरा, भारतसँगको खुला सिमानाका कारण कतिपय वस्तुको अनियन्त्रित रूपमा चोरी पैठारी भइरहेको छ । सरकारले त्यसलाई नियन्त्रण गर्नुपर्छ । सरकारले आयात निर्यातलाई व्यवस्थित बनाउनुपर्छ । कर छली नियन्त्रण हुन जरुरी छ । संस्थानहरूलाई कुशल नेतृत्व प्रदान गर्ने र नेतृत्वमा बसेकाहरूले इमानदारीपूर्वक काम गरिदिने हो भने संस्थानहरूले आफै राम्रो नाफा कमाउन सक्ने देख्छु ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्