ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रभु बैंकको २ लाख ५२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर खरीद गर्ने सोमवार अन्तिम दिन 

२०७८ भदौ, २७  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । प्रभु बैंक लिमिटेडको २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने सोमवार अन्तिम दिन रहेको छ । 

कम्पनीले  प्रतिकित्ता रू. २१० मूल्य तोकेर उक्त शेयर लिलामीमा ल्याएको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी शेयर खरीदका लागि बोलकबोल गर्नुपर्नेछ । आवेदन गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

 तोकिएको अवधिभित्र प्राप्त आवेदन भदौ ३० गते विहान १० बजे विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय हात्तिसारमार्ग कमलादी, काठमाडौंमा खोलिने कार्यक्रम तय भएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्