ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

डिप्रोक्स लघुवित्तको ३५ हजार कित्ता संस्थापक शेयर खरीद गर्ने सोमवार अन्तिम दिन 

२०७८ भदौ, २७  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ३५ हजार कित्ता संस्थापक शेयर खरीद गर्ने सोमवार अन्तिम दिन रहेको छ । 

कम्पनीले शेयरधनी विष्णु प्रसाद पाठकले विक्री गर्न चाहेको उक्त शेयर लिलामीमा ल्याएको हो । प्रतिकित्ता रू. ६८५ तोकिएको उक्त शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । 

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त आवेदन सोमवार ४ बजे विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको पुतलिसडक, काठमाडौंमा खोलिने कार्यक्रम रहेको छ ।

यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले आर्थिक वर्ष ०७७/ ७८ को वार्षिक साधारण सभाबाट पारित हुने लाभांशसमेत प्राप्त गर्न योग्य हुनेछन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्