ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रि - ओपन सेसनमा नेप्से परिसूचक ११.५१ अंकले वृद्धि

२०७८ भदौ, २७  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ११ दशमलव ५१ अंकले बढेको छ ।

प्रि - ओपन सेसनमा परिसूचक २ हजार ८८७ दशमलव ५० विन्दुमा पुगेको छ । उक्त अवधिमा ४५ ओटा कम्पनीको १७ हजार ५६९ कित्ता शेयरको रू. १ करोड ११ लाख ३१ हजार १२२ बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री सानिमा हाइड्रोपावरको भएको छ । उक्त कम्पनीको रू.१४ लाख २ हजार ७५० बराबरको शेयर खरीदविक्री भएको हो ।

त्यसैगरी कारोबारमा आएका ४५ ओटा कम्पनीमध्ये ४० ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने दुई ओटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै दुई ओटा कम्पनीको भने शेयरमूल्य स्थिर रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्