ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

साताको पहिलो कारोबार दिन तोलामा ४०० रुपैयाँले घट्यो सुनको भाउ

२०७८ भदौ, २७  
बजार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा रू. ४०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९० हजार ३०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. ४०० ले घटेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ८०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९० हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, आइतवार चाँदीको मूल्य पनि घटेको छ । शुक्रवार प्रतितोला रू. १ हजार २१५ मा कारोबार भएको चाँदी आइतवार रू. १ हजार १९५ मा खरीदविक्री भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी रू. २० ले घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्