ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेशनल हाइड्रोपावरसहित ५ ओटा कम्पनीको शेयरमा उच्च खरीद माग

२०७८ भदौ, २७  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको साढे एक घण्टाको अवधिमा नेशनल हाइड्रोपावरसहित पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।

कारोबारमा आएका २११ ओटा कम्पनीमध्ये नेशनल हाइड्रोपावर कम्पनी,सानिमा लाइफ इन्स्योरेन्स,सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम- २, नेपाल ल्युब वेयल र सानिमा लार्ज क्याप फण्डको इकाईमा सर्वाधिक शेयर खरीद  माग रहेको छ ।

ती पाँच  ओटा कम्पनीमध्ये सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को इकाईमा ४ लाख ७३ हजार ९५० इकाई खरीद माग रहेको छ ।

त्यसैगरी नेशनल हाइड्रोपावरको ४ लाख ५ हजार ५९८ कित्ता, सानिमा लाइफ इन्स्योरेन्सको २ लाख ९१ हजार ८१२ कित्ता, नेपाल ल्युब आयलको २ लाख ३६ हजार ७६१ कित्ता र सानिमा लार्ज क्याप फण्डको १ लाख ८७ हजार ८ सय इकाई खरीद माग रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्