ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अर्थमन्त्रीद्वारा प्रमुख भन्सार विन्दुमा भेइकल स्क्यानर जडान गर्न निर्देशन

२०७८ भदौ, २७  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकका विभिन्न स्थानमा रहेका प्रमुख भन्सार विन्दुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् ।

भन्सार विभागद्वारा आइतवार आयोजित दुईदिने भन्सार व्यवस्थापन गोष्ठिमा उनले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् ।

उनले मालवस्तुको वर्गीकरण र मुल्यांकनमा इमान्दारिता कायम गरी राजस्व बढाउनसमेत निर्देशन दिएका छन्। भेइकल स्क्यानर जडान भएपछि भन्सार विन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु ‘म्यानुअली’ चेकजाँच गर्नुपर्दैन ।

कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनले तीन ‘स’ को अवधारणा अनुसार काम गर्न आग्रह गरे । उनले सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरी काम गर्नुपर्नेमा जोड दिए ।

राजस्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमान्दारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिए ।  उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगहरुको संरक्षण र प्रोत्साहन गर्नेगरी नीति आएकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

उनले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न कच्चा पदार्थ आयातमा तयारी वस्तुको तुलनामा दुई तह कम दरको कर लगाउनुपर्नेमा जोड दिए ।

भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटाले लक्ष्यअनुसार राजस्व संकलन गर्न प्रयास भइरहेको बताए।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्