ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

राष्ट्रिय बीमा संस्थानको पुरानो तीन ओटा आर्थिक वर्षको साधारण सभा सम्पन्न

२०७८ भदौ, २७  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विगत तीन ओटा आर्थिक वर्षको साधारण सभा शनिवार सम्पन्न गरेको छ । 

कम्पनीले आर्थिक वर्ष ०६६/ ६७, ०६७/ ६८ र ०६८/ ६९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारितका लागि शनिवार ३१औं वार्षिक साधारण सभा सम्पन्न आयोजना गरेको हो ।

सर्वसाधारणका लागि आईपीओ जारी गरी बोनस तथा हकप्रद शेयर मार्फत रू. २ अर्ब चुक्तापूँजी कायम गर्ने योजना साथ अघि बढेको संस्थानले समयमै साधारण सभा गर्न नसक्दा पूँजी वृद्धि अभियान अन्योलमा परेको हो । संस्थानले लामो समयदेखि बाँकी रहेको आर्थिक वर्ष ०६६/ ६७, ०६७/ ६८ र ०६८/ ६९ को वार्षिक लेखापरिक्षण सम्पन्न गरी साधारण सभा मार्फत पारित गराएका हो । 

संस्थानका प्रशासक कवि प्रसाद पाठकले पुराना हिसावकितावको तथ्याङ्क व्यवस्थित नभएको र कतिपय अभिलेखनै नष्ट गरेका कारण पुराना आर्थिक वर्षको लेखा परिक्षण हुन ढिलाइ भएको जानकारी दिए । 

अब संस्थानको वित्तीय व्यवस्थान डिजिटल प्रविधिबाट गरिने जानकारी दिदैं आगामी दिनमा यो समस्या नदोहोरिने विश्वास व्यक्त गरे । उनले बाँकी आर्थिक वर्षको साधारण सभा समेत यसै आर्थिक वर्षभित्र सम्पन्न गरी संस्थानले पूँजी वृद्धिको अभियान अघि बढाउने बताए । 

आर्थिक वर्ष ०६९/ ७०, ०७०/ ७१ र ०७१/ ७२ को लेखापरिक्षण सम्पन्न गरी स्वीकृतिका लागि बीमा समितिमा गत असार मसान्तमै पेश भइसकेको र आर्थिक वर्ष ०७२/ ७३, ०७३/ ७४  र ०७४/ ७५ को लेखापरिक्षण समेत समयमै सम्पन्न गर्ने योजना संस्थानको रहेको प्रशासक पाठकले जानकारी दिए ।

शनिवार सम्पन्न सभाले आर्थिक वर्ष ०७२/ ७३, ०७३/ ७४ र ०७४/ ७५ को लेखापरिक्षणका लागि लेखापरिक्षकद्वय केशव प्रसाद न्यौपाने र नन्दकिशोर शर्मालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ । 

हाल संस्थानको चुक्तापूँजी रू. रू. १८ करोड १० लाख २० हजार रहेको छ । यो पूँजी वृद्धि गरी बीमा समितिको निर्देशन बमोजिम संस्थानले रू. २ अर्ब कायम गर्नुपर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्