ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थपिए ९११ जना कोरोना संक्रमित, १३ जनाको संक्रमणका कारण मृत्यु

२०७८ भदौ, २७  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । नेपालमा विगत २४ घण्टामा ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार ११ हजार १८ जनाको कोराना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ जना र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा १ हजार ४२३ जना कोरोना संक्रमणमुक्त भएका छन्  । यसैगरी कोरोना संक्रमणका कारण सो अवधिमा १३ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ ।
 

हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको मन्त्रालयले बताएको छ ।

 आइतवार काठमाडौं उपत्यकामा थप ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै १८७ जना संक्रमित थपिएका छन्। भक्तपुर जिल्लामा ६६ जना र ललितपुर जिल्लामा ५६ संक्रमित थपिएका हुन् । 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ पुगेको छ।  नेपालमा कुल संक्रमितमध्ये निको हुनेको दर ९५ दशमलव १ प्रतिशत छ भने सक्रिय संक्रमितको दर ३ दशमलव ४ र मृत्यु हुनेको दर १ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ। 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्