ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अख्तियारद्वारा एसआरडी कन्स्ट्रक्सनका प्रोपाइटरहरु विरुद्ध मुद्दा दायर

२०७८ भदौ, २७  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा लाभ लिएर हानिनोक्सानी पुर्‍याएको आरोपमा दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

अख्तियारले एसआरडी कन्स्ट्रक्सन नवलपरासीका प्रोपाइटरहरू रमेश पराजुली र सन्दिप केसीविरूद्ध विशेष अदालतमा आइतवार भ्रष्टाचारको मुद्दा दायर गरेको हो । उनीहरूले ७५ लाख ८० हजार ६४९ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ। 

सुनवल नगरपालिका अन्तर्गत पानभार खोलामा आर्थिक वर्ष २०७५/ ७६ को नदीजन्य पदार्थ उत्खनन् तथा निकासीको ठेक्कामा उनीहरूले मापदण्ड विपरीत उत्खनन गरेको  भन्ने उजुरी परेको थियो।

साथै उनीहरूले नगरपालिकाबाट प्रमाणित नगरेको रसिद प्रयोग गरी राजस्व छली गरेको उजुरी थियो। सोही उजुरीमाथि अनुसन्धान गर्दा उनीहरूले गैरकानूनी लाभ र हानिनोक्सानी गरेको खुलेको अख्तियारको दाबी छ। 

उनीहरूले नदीजन्य पदार्थ उत्खनन् तथा निकासीमा सुनवल नगरपालिकाबाट प्रमाणित रसिद प्रयोग गरी रकम उठाउनुपर्नेमा प्रमाणित नगरिएको फर्जी बिल प्रयोग गरी ७५ लाख ८० हजार ६४९ रुपैयाँ उठाएर लाभ लिएको पुष्टि भएको अख्तियारले बताएको छ। अख्तियारले उक्त बिगो रकम कायम गरी तीन महीनादेखि तीन वर्षसम्म कैद सजाय माग दावी गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्