ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

घरेलु तथा साना उद्योग लमजुङद्वारा ९७० ओटा उद्योग दर्ता

२०७८ भदौ, २७  
गण्डकी प्रदेश
Chelsea International Image Not Found

भदौ २७, लमजुङ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा ९७० ओटा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि असारसम्मको एक वर्षको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख तोपलाल भुषालले बताए । 

जिल्लामा नयाँ घरेलु उद्योग दर्ता गर्नेमा वृद्धि हुन थालेको छ, अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ३०१ नयाँ घरेलु उद्योग बढी रहेको उनले जानकारी दिए । 

त्यस्तै आव २०७७/२०७८ को साउनदेखि असारसम्मको एक वर्षको अवधिमा ३६९ उद्योग नवीकरण गरिएका छन् । वाणिज्यतर्फ एक वर्षको अवधिमा ६४० नयाँ दर्ता भएका छन् । त्यस्तै ५५८ नवीकरण गरिएको घरेलु कार्यालयले जानकारी दिएको छ । आव २०७६/७७ को साउनदेखि असारसम्मको एक वर्षको अवधिमा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएका प्रमुख भुषालले बताए । 

यस अवधिमा २३७ घरेलु उद्योग नवीकरण भएका थिए । त्यस्तै वाणिज्यतर्फ ७६२ नयाँ दर्ता भएका छन् भने २३० नवीकरण गरिएका छन् । आव २०७५/७६ मा जम्मा ४६८ मात्रै कार्यालयमा घरेलु उद्योग दर्ता गरिएका थिए । 

त्यस्तै यस चालू आवका चार महीनाको अवधिमा ८७ घरेलु उद्योग नवीरण भएका कार्यालय प्रमुख भुषालले जानकारी दिए । उनका अनुसार वाणिज्यतर्फ ६२९ दर्ता भएका छन् भने नवीकरण १५७ भएका छन् । आव २०७५/७६ मा उद्योग नवीकरण २७० गरिएको कार्यालयले जानकारी दिएको छ । 

कार्यालयका अनुसार वाणिज्यतर्फ ४१४ दर्ता गरिएका थिए भने नवीकरण ४५८ गरिएको थियो । त्यस्तै आव २०७४/७५ मा २६७ नयाँ उद्योग दर्ता भएका थिए ।

त्यस्तै १६४ उद्योग नवीकरण भएको कार्यालयले जानकारी दिएको छ । वाणिज्यतर्फ २१० नयाँ फर्म दर्ता भएका थिए भने २६४ को नवीकरण गरिएको थियो । 

घरेलुमा उद्योग दर्ता गर्दा कानुनी झन्झट नहुने, सरकारी सेवा सुविधा पाउने र स्थानीय तहले घरेलुमा दर्ता गराउनुपर्छ भन्ने सन्देश फैलाएकाले कार्यालयमा दर्ता गर्ने व्यवसायी बढ्दै गएको कार्यालय प्रमुख भुषालको भनाइ छ  । 

उनका अनुसार जिल्लाका बेँसीशहर बजार, भोटेओडार, सोती पसल सुन्दरबजार, भोर्लेटारलगायतका स्थानमा पसल बढिरहेका छन् ।

दर्ता भएका उद्योगमध्ये अधिकांश सिलाइकटाई, कृषि फर्म, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, अलैँची, बंगुर फर्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत सञ्चालनमा रहेको कार्यालयले जानकारी दिएको छ । साविक घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा विसं २०४४/४५ देखि हालसम्म चार हजार ७४८ घरेलु उद्योग दर्ता भएका छन् । 

चार हजार ६६१ वाणिज्यतर्फ फर्म दर्ता भएका कार्यालयले जानकारी दिएको छ । विसं २०४४/४५ देखि हालसम्म चार अर्ब भन्दा बढी पूँजी लगानी भएको कार्यालय प्रमुख भुषालले जानकारी दिए । रासस 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्