ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रमा सेवाग्राहीको संख्यामा वृद्धि

२०७८ भदौ, २७  
वाग्मती प्रदेश
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, चितवन । विद्युत् प्राधिकरण रत्ननगर, टाँडी वितरण केन्द्रमा सेवाग्राहीको संख्यामा वृद्धि भएको छ ।

उक्त क्षेत्रमा नयाँ घर, उद्योग, कलकारखाना, बन्ने क्रम बढेसँगै विद्युत् सेवा लिनेको संख्यामा वृद्धि भएको हो । वितरण केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा उक्त वितरण केन्द्रमा ६० हजार ४२६ जना सेवाग्राही थिए पनि गत आर्थिक वर्ष ०७७/०७८ मा बढेर ६४ हजार ७२ जना पुगेका छन् । 

अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा ७ करोड ५१ लाख ७० हजार ६२६ युनिट खपत भएको थियो भने गत आर्थिक वर्षमा ८ करोड ४९ लाख ५७ हजार ७११ युनिट खपत भएको थियो । 

सेवा ग्राहीको संख्या बढेपनि राजस्व संकलनमा भने गिरावट आएको छ । जसअनुसार गत आवमा ९३ दशमलव राजस्व संकलन भएकोमा गत वर्ष यो प्रतिशत घटेर ९१ दशमलव ७९ प्रतिशतमा झरेको हो ।

कार्यालयका प्रमुख नवीन कुमार लाभले कोरोनाको समयमा अधिकांश कलकारखाना, व्यवसायिक प्रतिष्ठान बन्द भएसंँगै खपत घटेपछि राजस्व संकलनमा पनि कमी आएको बताए । ‘अधिकांश विद्युत् खपत गर्ने केन्द्र पनि बन्द भए, खपत गरेका सेवाग्राहीले समयमा भुक्तानी पनि गरेनन् ।’ 

उनले भने ‘कार्यालय पनि नियमित खुल्न पाएन ।’ केन्द्रले निषेधाज्ञा तथा लकडाउनको समयमा विद्युत् खपत गरेपनि उक्त अवधिमा लाग्ने जरीवाना समेत छूट गरेकोले महसुल तिर्ने सेवाग्राहीको संख्यामा कमी आउँदा राजस्व संकलनमा असर परेको उनको भनाइ छ ।

कालोपाटीमा पर्ने ग्राहकको संख्यामा पनि कमी
टाँडी वितरण केन्द्रमा अघिल्लो वर्ष भन्दा गत वर्ष कालोपाटीको संख्यामा पनि कमी आएको छ । कार्यालयका अनुसार अघिल्लो वर्ष १६० ग्राहक कालोपाटीमा परेका थिए भने गत वर्ष यो संख्या घटेर १५६ मा झरेको थियो । यस्तै विद्युत् चुहावट गर्नेको संख्यामा पनि कमी आएको छ । 

अघिल्लो वर्ष १६ दशमलब ५३ प्रतिशत विद्युत् चुहाबट भएकोमा गतवर्ष १२ दशमलब ३५ प्रतिशतमा झरेको प्रमुख लाभले जानकारी दिए । बक्यौता भएका ग्राहकको सेवा रोक्ने, बक्यौता उठाउने र चुहावट हुने प्राविधिक पक्ष र त्यस्ता सेवाग्राहीलाई कारवाही कडाई गरिएकोले कालोपाटी र चुहावट गर्नेको संख्यामा कमी आएको उनको भनाइ छ । 

वितरण केन्द्रले चितवनको रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिकाको लोथर सम्म र ईच्छाकामना गाउँपालिकाको एउटा वडामा विद्युत् प्रवाह सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्