ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

हाथवे इन्भेष्टमेण्ट नेपालको स्थगित साधारण सभा असोज १५ गते 

२०७८ भदौ, २७  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले १३औं वार्षिक साधारण असोज १५ गते बोलाएको छ । 

सभा दिउँसो २ बजे आफ्नै रजिष्टर्ड कार्यलय, लैनचौथर काठमाडौंमा शुरु हुने कम्पनीले जानकारी दिएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ । 

कम्पनीको भदौ २५ गते हुने भनिएको स्थगित साधारण सभा असोज १५ गते गर्न लागेको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर र ३० प्रतिशत नगद लाभांश गरी कुल ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै, कम्पनीको जारी पूँजीको १२ दशमलव ५ प्रतिशतले हुन आउने २९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाको अन्य प्रस्तावमा संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको अधिकृत तथा चुक्तापूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्