ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रतिस्थापन विधेयकलाई नेपाल चेम्बर अफ कमर्सले गर्यो स्वागत

२०७८ भदौ, २७  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारले शुक्रवार ल्याएको प्रतिस्थापन विधेयक मार्फत ल्याएको बजेटलाई  स्वागत गरेको छ ।

चेम्बरले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै बजेटमा कोभिड–१९ बाट अतिप्रभावित क्षेत्रका लागि थप राहत प्याकेज, चालू खर्च कटौती गरी बचेको रकम खोप खरीदमा व्यवस्थापन गर्ने र शिथिल अर्थतन्त्रको पुनर्उत्थान गर्ने व्यवस्था  सकारात्मक रहेको उल्लेख गरेको  छ ।

कोभिड–१९ को प्रभावबाट रोजगारी र अन्य आय आर्जनको श्रोत गुमाएका अनौपचारिक एवम् असंगठित क्षेत्रमा रहेका अतिविपन्न परिवारलाई राहत प्याकेजको घोषणा पनि स्वागत योग्य रहेको चेम्बरले बताएको छ ।

चेम्बरले पूर्वाधार क्षेत्रको विकासका लागि लगानीको स्रोत जुटाउन नयाँ ऋणपत्र जारी गरिने प्रस्तावलाई सकारात्मक रुपले लिइको र बिनियोजन अध्यादेशमा प्रस्ताव गरिएको आन्तरिक तथा वैदेशिक ऋणको अंश घटाइएको कुरालाई स्वागत गरेको छ ।

त्यस्तै कृषिबाली तथा पशुवालीको दायरा विस्तार गर्न अनुदानमा वृद्धि गरी ८० प्रतिशत पुर्‍याउने र कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनिकरण गरी कृषि क्षेत्रमा आकर्षण वृद्धि गर्ने, कृषि वाली तथा पशुबीमाको दायरा विस्तार गरी दिइँदै आएको बीमा प्रिमियम अनुदानमा वृद्धिगरी ५० प्रतिशत बाट ८० प्रतिशत पुर्‍याएको कुराको स्वागत चेम्बरले गरेको छ ।

साथै २०० मेगावाट माथिका जलाशय तथा अर्धजलाशयुक्त जलविद्युत् आयोजनाका लागि कारोबार शुरु गरेपछि १५ वर्षसम्म पुरै र त्यसपछि ६ वर्षसम्म ५० प्रतिशत आयकर छूट दिई लगानीका लागि आकर्षित गर्ने व्यवस्थालाई चेम्बरले सकारात्मक मानेको बताएको छ ।

अक्सिजन ग्यास तथा सेनिटरी प्याड उत्पादन गर्ने उद्योगलाई ३ वर्षसम्म शत प्रतिशत र त्यसपछिको २ वर्षसम्म ५० प्रतिशत आयकर छूटको व्यवस्था र १२ कक्षासम्म प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रम उत्साहवर्द्धक रहेको चेम्बरले उल्लेख गरेको छ ।

समग्रमा बजेट सकारात्मक भएपनि आन्तरिक राजस्व २५ अर्ब रुपैयाँले वृद्धि तथा कुल गार्हस्थ्य उत्पादन ७ प्रतिशतले वृद्धि गर्ने लक्ष्य कोभिड महामारीका कारण थलिएको विषम परिस्थितिमा चूनौतिपूर्ण हुनसक्ने चेम्बले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्