ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थप ४ लाख थान उत्पादन घटाउँदै टोयोटा 

२०७८ भदौ, २७  
अन्तरराष्ट्रिय
Chelsea International Image Not Found

भदौ २७, टोकियो (जापान) । जापानी अटो निर्माता कम्पनी टोयोटा मोटरले विश्वभर सवारी साधन उत्पादन थप ४ लाख थानले घटाउने भएको छ ।

सेप्टेम्बर र अक्टोबरमा उक्त परिमाणमा उत्पादन घटाउन लागिएको हो । दक्षिण एशियाबाट पार्ट्स खरीदमाअप्ठयारो भएको तर्फ औंल्याउँदै कम्पनीले यस्तो निर्णय गरेको हो । 

कम्पनीले यसअघि ३ लाख ६० हजार थान उत्पादन घटाउने घोषणा गरिसकेको छ ।सेप्टेम्बरमा ७० हजार थान र अक्टोबरमा ३ लाख ३० हजार थान सवारी साधन उत्पादन कम गर्ने कम्पनीको निर्णय छ ।

फलतः यस महीनामा कम्पनीको उत्पादन यसअघि अनुमान गरिएको भन्दा आधा मात्रै हुनेछ । आगामी महीना भने यो दर ४० प्रतिशत कम हुने छ । विश्वभर देखिएको चिप अभावका कारण पनि उत्पादन प्रभावित भएको हो । 

मार्चसम्मको चालू आवमा टोयोटाले घरेलु र सीमापार उत्पादन प्रक्षेपण कम गरेको छ । नोभेम्बर र त्यसपछिको महीनाको उत्पादन परिदृश्य अस्पष्ट छ । तर सञ्चालन आय प्रक्षेपणमा भने कुनै परिवर्तन नगर्ने योजना टोयोटाको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्