ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पर्यटकको पर्खाइमा बाँके निकुञ्ज

२०७८ भदौ, २८  
प्रदेश ०५
Chelsea International NA

बाँके । पाटेबाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा रहेको छ । २०६७ असार २८ गते स्थापना भएको उक्त निकुञ्जमा पछिल्लो समय पर्यटकको आगमन घटेको छ ।

निकुञ्जले पर्यटन प्रवद्र्धन गर्ने रणनीतिका साथ काम गरिरहेको प्रमुख संरक्षण अधिकृत श्याम साहले बताए । निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक पर्ने सबै संरचना तयार गरिएको उनको भनाइ छ । निकुञ्ज घुम्न पैदल मार्ग, हात्ती सफारी, वास बस्न घरवास (होमस्टे), राप्ती नदीमा जलविहारलगायतको व्यवस्था रहेको उनले बताए । ‘निकुञ्ज घुम्न आउने पर्यटकलाई लक्षित गरी नेपालगञ्ज र कोहलपुरमा तारे होटल तथा निकुञ्ज छेउछाउ होमस्टे सञ्चालन गरिएको छ,’ उनले भने, ‘तर कोभिड–१९ का कारण पर्यटन लक्षित कार्यक्रम प्रभावित भएको छ ।’

निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा ८९९ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । तीमध्ये ८६५ आन्तरिक पर्यटक रहेका छन् । २० जना सार्क मुलुकका र १४ पर्यटक अन्य मुलुकका छन् । बाँके, दाङ र सल्यानसम्म फैलिएको उक्त निकुञ्ज स्थापना हुँदा चार पाटेबाघ रहेकामा हाल बढेर २१ पुगेको छ । सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार हाल यहाँ पर्यापर्यटनसम्बन्धी गतिविधि भइरहेका छन् । हात्ती सफारी र जिप सफारी निकुञ्जमा निकै लोकप्रिय छ ।

सँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि वर्षेनि बढ्दै गए पनि बाँकेमा भने सुनसान अवस्था भएको पर्यटन प्रवद्र्धन मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्