ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मुक्तिनाथ क्यापिटलको स्वामित्वमा रहेको ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा 

२०७८ भदौ, २८  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वामित्वमा रहेको ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको संस्थापक शेयर भदौ २९ गते (मंगलवार) देखि विक्रीमा आउने भएको छ । 

ज्योति विकास बैंकको २९ हजार २५० कित्ता र प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता शेयर कात्तिक ३ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी विक्रीमा आउने भएको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य जो कोही व्यक्ति तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

ज्योति विकास बैंकको शेयरको मूल्य प्रतिकित्ता रू. १४५ र प्रभु इन्स्योरेन्सको प्रतिकित्ता रू. ३५० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी यी शेयर खरीदका लागि बोलकबोल गर्नु पर्नेछ । 

उक्त शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक ५ गते बिहान ११ बजे विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडमा खोलिने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्