ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

गोर्खाज फाइनान्सको स्थगित साधारण सभा असोज १८ गते हुँदै

२०७८ भदौ, २८  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले भदौ २४ गते स्थगित गरेको २६औं वार्षिक साधारण सभा असोज १८ गतेका लागि आव्हान गरेको छ । 

यसअघि भदौ २३ गते निषेधाज्ञा मुद्धामा वार्षिक साधारण सभा स्थगित गर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएकाले कम्पनीले सभा स्थगित गरेको थियो । कम्पनीले होटेल क्राउन इम्पेरियल, रविभवन, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । 

सभाले संस्थापक तर्फबाट तीन जना र सर्वसाधारण तर्फबाट तीन जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत गर्ने कार्यक्रम रहेको छ । कोभिड महामारीका बिच भर्चुअल माध्यमबाट सदस्यहरुलाई उपस्थित हुन कम्पनीले आग्रह गरेको छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज ७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्